भरतपुर – नारायणी ईङ्गलिस पब्लिक स्कुलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लास्तरिय प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिरहेको विद्यालयले आज सम्पन्न गरेको हो ।
वक्तृत्वकला प्रतियोगितामा “म मेयर भएको भए…” भन्ने शिर्षकमा उत्कृष्ट प्रस्तुती राख्दै क्रमशः सैनिक आवसिय मा.वि कि छात्रा मन्जिला तिमिल्सिना प्रथम , स्मल हेवन स्कुल कल्याणपुर कि छात्रा प्राची शिवाकोटी दोस्रो, सनराइज ई. स्कुल कि छात्रा सजिना खड्का तेस्रो र नेपाल पुलिस स्कुल शान्तिपुर कि छात्रा यूनिसा थपलियाले सान्तोना स्थान हासिल गरेकी छन् ।
उक्त कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष एवम् प्रवन्ध निदेशक राजेश्वर खनालले गरेका थिए । प्रमुख अतिथि भरतपुर महानगरपालिका उप—प्रमुख चित्रशेन अधिकारी, विशिष्ट अतिथिमा भरतपुर महानगरपालिका वडा नं ११ सदस्य लालमाया लामा, अतिथिहरुमा विद्यालयका प्राचार्य वेदराज न्यौपाने, प्याब्सन चितवनका सदस्य दयानिथि अर्याल, बेसका गणित विभागिय प्रमुख ऋषी घिमिरे , नारायणी पब्लिक कलेजका एकेडेमिक हेड प्रकाश सिग्देल र विद्यालयकि निर्देशक उवम् लेखा प्रमुख अनिता खनाल रहेका थिए ।