भरतपुर – हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि एपेक्स एकेडमी र अर्बिट कलेज भिड्ने भएका छन् । उपाधि भिडन्त बुधबार दिउँसो २ बजे हुनेछ ।
भरतपुर १० गेष्टहाउस चौरमा आज (मंगलबार) सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै एपेक्स र अर्बिटले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा एपेक्सले अरोमा कलेजलाई टाइब्रेकरमा ४-३ ले हरायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । एपेक्सका गोलरक्षक समीर विक म्यान अफ दि म्याच भए ।
आजै सम्पन्न दोस्रो सेमिफाइनलमा गुरुकुल कलेजलाई ३-१ ले हराउँदै अर्बिटले एपेक्ससँँगको उपाधि भिडन्त पक्का गर्यो । अर्बिटको जितमा करिब पुनले ह्याट्रिक गरे । गुरुकुलका रेमन परियारले एक गोल फर्काए । अर्बिटका ह्याट्रिक हिरो करिब म्यान अफ दि म्याच भए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा जारी प्रतियोगितामा १४ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ तथा उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्नेछ ।