शुक्रबारलाई झोला र किताब रहित बनाउने छौ : उपप्रमुख अधिकारी

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ब्यबहारिक शिक्षा आजको आबश्यकता भएको बताउनु भएको छ । आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सिमित भएको टिप्पणी गर्नुहुदै उपप्रमुख अधिकारीले ब्यबहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाई तर्फ केन्द्रित गर्ने बताउनुभयो ।

शरदपुर माबि भरतपुर ८ र ९ को ४९ औ बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई मगलबार उद्वघाटन गर्नुहुदै नगर उपप्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले साताको प्रत्येक शुक्रवार झोला र किताब रहितको ब्यबहारिक शिक्षाको अवधारणा ल्याएको उल्लेख गर्नुभयो ।

अहिले भरतपुर महानगरपालिकाले ब्यबहारिक शिक्षालाई परिक्षणको रुपमा लागू गरिरहेको उल्लेख गर्दै महानगरले साताको प्रत्येक शुक्रबारलाई ब्यबहारिक शिक्षाको रुपमा लागू गर्ने गरि कार्यबिधी बनाएर अगाडी बढेको पनि प्रष्ट पार्नुभयो । शुक्रबारलाई झोला र किताब रहितको बनाउने उदेश्यका साथ प्रक्रिया अगाडी बढिरहेको उहाँको भनाइ छ ।

विद्यार्थीहरुको सिकाइलाइ पाठयपुस्तकको दायरामा मात्र सिमित हुन नदिन,विद्यार्थीलाई ब्यबहारिक ज्ञान प्रदान गर्ने थलोका रुपमा बिकास गर्न,प्रतिभा प्रस्फुटनका अवसर प्रदान गर्न लगाएका थुप्रै ब्यबहारिक क्रियाकलापहरु शुक्रवारीय दिनमा गरिने छ उप प्रमुखले भन्नुभयो ।

बिद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले प्रधानाध्यापकको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष जिबनाथ कडेल,शिक्षा बिकास तथा समन्वय इकाइ चितवनका प्रमुख भुमिलाल सुवेदी,लक्ष्मी मा बि लकुका प्रधानाध्यापक रेशमबाबु ढकाल,त्रिपुरेश्वर कृषि सहकारी सस्थाका अध्यक्ष बेद प्रसाद सापकोटा लगाएतले बोल्नु भएको थियोे । कार्यक्रममा बिद्यालयको शैक्षिक उन्नति र प्रगतिमा विभिन्न समयमा सहयोग गर्ने समाजसेवी,बुद्धिजीवी तथा पेशाकर्मिहरुलाइ सम्मान गरिएको थियोे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू