काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल मलेसियाको वाईएसडी ओभलमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपाल आजको खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा छ । यता माल्दिभ्स भने यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालले यसअघि हङकङ र भुटानमाथि ८–८विकेटको जित हासिल गरेको थियो भने माल्दिभ्स भुटानसँग ९४ रन तथा हङकङसँग १७२ रनले पराजित भएको थियो ।
यस्तै, आजै समूह ‘डी’ को भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।