म्याथम्याटिक ओलम्पियाड प्रतियोगिताम न्यू होराइजन प्रथम

एटुजेड समाचार

भरतपुर – नारायणी ईङ्गलिस पब्लिक स्कुलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा जिल्लास्तरिय म्याथम्याटिक ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन गरिरहेको विद्यालयले आज सम्पन्न गरेको ओलम्पियाड प्रतियोगितामा क्रमशः न्यू होराइजन स्कुल कक्षा १० का रियाज रेग्मी प्रथम , चित्रवन सेकेन्डरी स्कुल कक्षा ९ का अस्विन सपकोटा दोस्रो, स्मल हेभन स्कुल कल्याणपुर कक्षा १० का अडोनिस यादब तेस्रो र पुन न्यू होराइजन कक्षा १० का आशिष श्रेष्ठले सान्तोना स्थान हासिल गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य वेदराज न्यौपानेले गर्नु भएको थियो भने प्रमुख अतिथि वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. दयाराम पौड्याल रहनुभएको थियो ।

सो अवसरमा बोल्दै पौड्यालले गाणितलाई जीवनसंग जोड्नका लागी पनि गणित शिक्षा अपरिहार्य रहेको र यस्ता कार्यक्रमले विद्यार्थी वर्गमा अघि बढ्न प्रेरणा मिल्ने तगायतका प्रेरकदाई भनाईहरुले विद्यार्थीहरुको मनोवल बढाउनु भएको थियो ।

कार्यक्रममा प्याब्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्याल, सदस्य दयानिथि अर्याल, भरतपुर प्याब्सनका सह— सचिव श्रीनिबास पौडेल, गणित विषयका प्रशिक्षक एवम् ज्ञान दर्शन ई. स्कुलका प्राचार्य मनिस घिमिरे, बाल्मीकि शिक्षा सदनका सह—प्राचार्य प्रकाश सुवेदी रहनुभएको कार्यक्रममा +२ संयोजक जनकराज घिमिरेले स्वागत मन्तब्य दिनुभएको थियो कार्यक्रमको संयोजन विद्यालयका गणित विभाग प्रमुख शिव प्रसाद सुवेदीले गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू