दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जित

एटुजेड समाचार

काठमाडौं – दुई ब्याटरले शतक प्रहार गरेपछि नेपालले क्यानाडाविरुद्ध ९ विकेटको जित हासिल गरेको छ । टीयू मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा भेट्टायो ।

नेपालका लागि दुई ब्याटरले शतक प्रहार गरे । अनिल साहले १ सय २४ बलमा नट आउट १ सय १२ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की पनि १ सय २९ बलमा १ सय १ रन बनाउँदै अनआउट रहे ।

उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय एक दिवसयमा दुबैको यो पहिलो शतक हो । त्यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू