चितवनको नारायणगढमा टिभिएस कम्पनीको दुई मोटरसाइकल सार्वजनिक

एटुजेड समाचार

नारायणगढ – चितवनको नारायणगढमा टिभिएस कम्पनीको दुई मोटरसाइकल सार्वजनिक भएको छ । मालश्री मोटर्स नारायणगढले टिभिएर रोनिन र टिभिएर आपाचे आरटिआर १६० भी फोर एफ आईको काठमाडौंपछी पहिलोपटक चितवनमा सार्वजनिक गरिएको हो ।

(आइतबार) अटोमोबाइल डिलर्स एसोसिएसन चितवनका अध्यक्ष राजन पिया र अटोमोबाइल रिकन्डिसन एसोसिएसन चितवनका अध्यक्ष दीपक खड्काले संयुक्तरुपमा दुई मोटरसाइकलको सार्वजनिक गरेका हुन् ।

No description available.उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पिडोमिटर र टी–फेस एलइडी हेडल्याम्पका साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राइडरहरुलाई लक्षित गरेर असाधारण सुविधा समेटिएको मालश्री मोटर्सका सञ्चालक सरोज अर्यालले जानकारी दिए ।

उनका अनुसार टिभिएस रोनिनमा २२५ सिसीमा चारवटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.४ पिएस ७७५० आरपिएमसम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपिएम पिक पावर प्रदान गर्छ । डुअल च्यानल एबिएसको साथ यसको डिस्क ब्रेकहरुले राइडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।

No description available.आपाचे आरटिआर १६० भी फोर एफ आईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचरसमेत उपलब्ध गराएको उनले बताए । सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टिभीएस आपाचे आरटिआर १६० अद्वितीय डिजाइनमा तयार पारिएको उनको भनाइ छ ।

नेपाली बजारमा सार्वजनिक हुने यी दुवै बाईक नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोड्सको सुविधा छ । काठमाडौंमा यी दुवै बाईकको आत्याधिक सफलताका कारण चितवनपछी नेपालका अन्य सहरमा छिट्टै लन्च गर्ने तयारी भएको कम्पनीले बताएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू