अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै

एटुजेड समाचार

काठमाडौँ – नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ । अस्पतालका गिजा रोग विशेषज्ञ डा रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताउनुभयो । उहाँका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ ।

उहाँले डिजिटल स्क्यान गरेर कुन आकारको दाँत बनाउने भन्ने प्रविधि पनि अस्पतालमा रहेको बताउनुभयो । “विदेशमा गरिने सवै विशेषज्ञ सेवा हामीले यही नेपालमा नै दिने गरेका छौ,” उहाँले भन्नुभयो, “दाँत उपचारका लागि कोही पनि विदेश जानु पदैन ।”

उहाँका अनुसार बाङ्गोटिगो दाँत मिलाउने, मुख खोल्न नसक्नेको उपचार, ढाड नभएको ठाउँमा ढाड राखेर दाँत राख्ने, चिउडो बाहिर आउनेको मुखको आकृति मिलाउने, दाँतको टोकाई नमिलेकोलाई मिलाउने, कस्टमेटिक सर्जरी जस्ता उपचार नेपालमा नै हुने गर्दछन् ।

नेपालमा दैनिक रुपमा दाँतका बिरामी बढे पनि गुणस्तरिय उपचार अस्पतालले दिन नसकेको छैन । “नेपालमा दन्त चिकित्सकका प्रसस्त जनशक्ति रहेका छन् । तर राज्यले सर्वसाधारणलाई उपचार दिन छैन,” प्रमुख प्राडा. प्रधानले भन्नुभयो, “राज्यले सरकारी अस्पतालमा दरबन्दी बढाउनु पर्दछ । दाँतको छुट्टै अस्पताल खोलेर सर्वसाधारणलाई उपचारको पहुँच पु¥याउन आवश्यक रहेको छ ।”

उहाँका अनुसार अहिले १२ वटा शिक्षण संस्थामा वार्षिक ५०० भन्दा बढी दन्त चिकित्सक र सात वटा शिक्षण सस्थाबाट स्नातकोत्तर तहबाट सयभन्दा दन्त रोग विशेषज्ञ उत्पादन भइरहेका छन् । तर सरकारले ५० भन्दा बढी मात्र दन्त चिकित्सकको दरबन्दीमा राखेको छ ।

सरकारी सेवामा पर्याप्तमात्रामा दरबन्दी नहुँदा दन्त चिकित्सक क्लिनिक सञ्चालन गरेर बसेका छन् । नेपालमा पर्याप्त जनशक्ति खपत नभएपछि ५० प्रतिशत दन्त चिकित्सक राम्रो सेवा सुविधाका लागि अमेरिका र अष्ट्रेलियामा समेत जाने गरेको उहाँको भनाइ छ । उत्पादन भए पनि दरबन्दी नभएर सरकारी अस्पतालमा दन्त चिकित्सकको अभाव रहेको प्रा डा प्रधान बताउनुहुन्छ । अस्पतालमा अहिले स्थायी र करारमा ४० जना दन्त चिकित्सकले सेवा दिइरहेका छन् ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू