चितवन – नारायणगढको शहीद चोकमा डिजिटल प्लाजा संचालनमा आएको छ । डिजिटल प्लाजा एलजी, सिजि, ब्लाक एण्ड डेकरको इलेक्ट्रोनोक्स एवं होम एप्लायन्सेसका सामानहरु र टाइटनक हाते घडीको आधिकारिक शोरुम हो ।
अनुभवी एवं सफल युवा व्यावसायी रोशन गुप्ताले संचालनमा ल्याएका उक्त शोरुमको उद्घाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले गरेका हुन् ।
डिजिटल प्लाजामा बिश्व बिख्यात कम्पनी एलजि, ब्लाक एण्ड डेकर तथा सिजि इलेक्ट्रोनिक्सको टिभी, फ्रीज, वाशिङ्ग मेसिन, भ्याकुम क्लिनर लगायत आवश्यक सम्पुर्ण होम एप्लायन्सेसका सामान एवं बिश्वको पाचौं ठूलो घडी कम्पनी टाइटनको हाते घडिहरु पाइने संचालक गुप्ता बताउछन् ।
संचालनको एक साता सम्म शोरुममा पाइने सबै सामानहरुमा २० प्रतिशत छुटको ब्यवस्था रहेको पनि उनी बताउछन् ।
बिगत २५ बर्षदेखी नारायणगढको बालकुमारी चोकमा उनका बुवाले रबिन इलेक्ट्रोनिक्सको नामबाट इलेक्टोनिक्सको होलसेल व्यापार गर्दै आइरहेका छन् । बुवा सङ्गको ब्यवसायिक संगत गरिसकेका संचालक गुप्ता एक अनुभवी ब्यवसायी हुन् ।
शोरुम उद्घाटनमा आएका सिजी इलेक्ट्रोनिक्सका महा-प्रबन्धक धीरजकुमार ठाकुर भन्छन् हामी शोरुम बिस्तारको क्रममा छौ,सिजि इलेक्ट्रोनिक्सको बिस्तारित शोरुम मध्य नारायणगढका लागि यो छैठौँ शोरुम हो ।