चितवन – चितवनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । घरमा लागू औषध लुकाई छिपाई सेवन, खरिद तथा बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २६ बर्षका सोनु महतोलाई पक्राउ गरेको हो ।
बुधबार कालिका नगरपालिका वडा नम्ब ४ पिपरिया टोल पदमपुर स्थित घरमा चेकजाँच गर्दा उनको घरमा प्रतिबन्धित लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४.८७ ग्राम, लागू औषध गाँजा १७२ ग्राम र लागू औषध NITRAVET २४ ट्याब्लेट तथा नगद पाँच हजार तिन सय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले महतोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।