कप्तान रोहितले लिए क्यानडाको पाँचौ विकेट

एटुजेड समाचार

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले पाँचौ विकेट लिएका छन् ।

उनले सिरेस माेभालाई १ रनमा आउट गरे । यसअघि कुशल मल्लले चौथो विकेट लिएका थिए उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड आउट गरेका थिए ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडा ३८ ओभर खेल्दै पाँच विकेट गुमाएर १९२ रनमा खेलिरहेको छ । क्यानडाका निकोलस कीर्तन ६२ रनमा नटआउट छन् ।

यसअघि नेपालका सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू