रिजनले लिए ‘डेब्यु’ खेलमै विकेट

एटुजेड समाचार

काठमाडौं – क्यानडाविरुद्धको खेलबाट नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका रिजन ढकालले पहिलो खेलमै विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका नवनित धनिवाललाई रिजनले पभेलियनको दिशा देखाएका हुन् । रिजनले ‘डेब्यु’ खेलको पहिलो ओभरमा नै विकेट लिएका हुन् । उनले २.५ ओभरमा धनिवाललाई आरिफ सेखबाट क्याच गराए ।

जारी खेलको चार ओभर समाप्त हुँदा क्यानडाले एक विकेट गुमाएर २५ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू