आजबाट प्रेम सप्ताह सुरु

एटुजेड समाचार

काठमाडौँ– आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् ।आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो ।

‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । आजकै लागि भनेर फूल व्यापारीहरूले आआफ्नो पसल गुलाफले सजाएका छन् ।आज साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन यो रंगको गुलाफ दिएर सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ– गुलाबी रंगका गुलाफ सबैका लागि हुन सक्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मात्र नभएर आफ्ना परिवार वा नजिकका शुभचिन्तकहरुलाई पनि गुलाबी गुलाफ दिएर माया भाव साट्न सकिन्छ । सुन्तला रंगको गुलाफ– सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पतीहरूले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरू दिने गर्छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू