रत्ननगरमा रहेको किसान दानाको १५ औं शाखा चरिकोटमा

एटुजेड समाचार

चितवन –  पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले आजबाट दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औं डिपो हो । चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक बिनोद पोखरेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गर्नुभएको छ । सो अवसरमा भीमेश्वर नगरपालिका वडा नं. ३ का अध्यक्ष हरिशरण सिवाकोटी, दोलखा वितरक सप्लायर्स संघका अध्यक्ष राजकुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।

खोरबाट भान्सासम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई महंगो पर्ने हुँदा कम्पनीले सोझै उपभोक्तासम्म पु¥याउने अभियान सञ्चालन गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक बिनोद पोखरेलका अनुसार यसरी उपभोक्तासम्म पु¥याउँदा अण्डा ताजा र सस्तो हुने छ ।

आफ्नो उत्पादन र संकलन भएको अण्डा आफ्नै डिपोमार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्तामाझ पु¥याउन विभिन्न शहरमा डिपो सञ्चालनमा ल्याइएको पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरेको बताउनुभयो ।

कम्तिमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि क्रमशः डिपोबाट बिक्री गर्ने अण्डा सस्तो र ताजा हुने उद्योगले जनाएको छ ।

सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुई लाख दस हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले पाँच सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा किसानबाट दैनिक संकलन गर्ने गरेको छ ।

उद्योगका निर्देशक विपीन पोखरेलका अनुसार देशका प्रमुख शहरमा डिपो सञ्चालनमा ल्याईसकिएको छ भने अन्य शहरहरुमा विस्तारको क्रम जारी छ । डिपो सञ्चालन नभएका ठाउँहरुमा अन्य वितरक मार्फत् अण्डा बिक्री गर्दै आएको छ ।

यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेरीनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ ।

पोखरेलका अनुसार उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुसी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरी, पोखरा, सोलुखुम्बु, ओखढुङ्गा, इलाम र पाँचथरको फिदिममा यसअघि नै बिक्री केन्द्र खोलिएको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ ।

नेपालमा नै सबैभन्दा बढी अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवलजस्ता प्रमुख सहरमा अण्डा बिक्री गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू