संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

एटुजेड समाचार

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई आज राष्ट्रपति पाैडेलले महासचिवमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम माघ २३ गतेदेखि लागू हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू