अन्तरास्ट्रिय क्रिकेट रंगशाला निमार्णमा बागमती प्रदेशले गर्यो पहिलो चरणको बजेट सुनिश्चितता

एटुजेड समाचार

चितवन – चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई अघि बढाउन बागमती प्रदेश सरकारले बजेट सुनिश्चितता गरेको छ ।

आज भरतपुरमा बसेको बैठकले निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन् ।

रंगशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने निर्णय गरेसंगै रंगशाला निर्माणले गती लिने बताइन् ‘। समग्र मुलुकको गौरवको आयोजना बजेटकै कारण रोकिएको हो । यसलाई पुरा गर्न प्रदेश सरकारसंग हामीले ठूलो आशा गरेका छौं, ’ दाहालले भनिन्, ।

पहिलो चरणमा रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सम्झौता भइसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू