साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

एटुजेड समाचार

काठमाडौँ– साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ ।

खेल बंगलादेशको ढाकास्थित बीएसएसएसमोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

शीर्ष दुईमा रहेर फाइनल खेल्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पराजित वा बराबरी भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । घरेलु टोली बंगलादेश भने फाइनलमा पुगिसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू