भरतपुर – भरतपुर महानगरपालिका वडा नं ११ स्थित नारायणी ई. पब्लिक स्कुलले आफ्नो २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको सुअवसरमा खेलकुद सप्ताह सुरु गरेको छ ।
विद्यालयका प्राचार्य वेदराज न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारी रह थियो भने विशिष्ट अतिथिका रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण गुरुङ्ग , अतिथिहरुमा +२ कोडिनेटर जनकराज घिमिरे, एकेडेमिक इन्चार्ज प्रकाश सिग्देल, विद्यालय ब्यवस्थापन समिति सदस्य ईश्वरी आचार्य, विद्यालय संचालक समिति सदस्य अनिता खनाल, शिक्षक अभिभावक संघका सदस्य मानबहादुर रजाली मगर, सुमन रम्तेल र भरतपुर महानगरपालीका उप—मेयरका सल्लाहकार कृष्ण बगाले रहनु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई +२ कोडिनेटर जनकराज घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त समारोहमा बोल्दै प्रमुख अतिथि भण्डारीले विद्यार्थीहरुको उज्ज्वल भविष्य निमार्ण गर्न अध्ययन अध्यापनका साथै खेलकुद र अनुुशासन आवश्यक पर्ने कुुरा बताउनुु भयो भने विशिष्ट अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष गुरुङ्गले यस सप्ताहले विद्यार्थीहरुमा रहेको खेल मोहलाई उत्साहमा परिर्माजित गरि उनिहरुको खेल्ने कलाको पनि विकाश हुने बताउनु भयो, त्यसैगरी कार्यक्रमका सभापति प्राचार्य वेदराज न्यौपानेले विद्यार्थीहरुलाई अनुुशासनका लागि खेलकुुद अपरिहार्य रहेको कुुरा जानकारी गराउनुुभयो ।
उक्त समुद्घाटन समारोहमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा नृत्य प्रदर्शन एवम् मार्च पास गरिएको थियो । कार्यक्रममा खेलकुुद सप्ताहको सुुरुवात महिला अभिभावकहरु विच म्युजिकल चियर प्रतियोगिता भएको थियो भने पुुरुष अभिभावक र शिक्षकहरु बिचमा मैत्रीपूूर्ण भलिवल तथा ब्याटमिन्टन खेल सम्पन्न भएको थियो । त्यस्तै सप्ताहको दोस्रो दिन महिला अभिभावक र महिला शिक्षिकाहरु बिच मैत्रीपूूर्ण भलिवल खेल हुनेछ । एक हप्तासम्म रहने उक्त प्रतियोगितामा फुुटबल , भलिबल, दौड लगायतका थुुप्रै खेलहरु खेलाउन लागिएको कुुरा कार्यक्रम संयोजक नवीन बगालेले जानकारी गराउनुु भयो ।