काठमाडौँ– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको छ ।
भोलिदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने जनाइएको छ ।