माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

एटुजेड समाचार

काठमाडौँ – नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए । उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।

संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ नेता घर्तीले जानकारी दिए ।

हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू