एपेक्सी एकेडेमीका उत्कृष्ठ विद्यार्थीलाई सम्मान तथा शैक्षिक प्रदर्शनी

एटुजेड समाचार

चितवन – भरतपुरको एपेक्सी एकेडेमी सेकण्डरी स्कूलले उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरेको छ ।

एकाडेमीमा अध्ययन गरेर कक्षा १२ मा उत्कृष्ठ अंक ल्याएका विद्यार्थीलाई शनिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । त्यस्तै गरी विद्यालयले अध्ययनका अतिरिक्त खेलकुदमा राम्रो गरेका विद्यार्थीलाई पनि कार्यक्रममा सम्मान गरेको छ । साथै विद्यालयमा विज्ञान संकाय तर्फका विद्यार्थीले विभिन्न प्रदर्शनी र होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीले फुड फेष्टिवल प्रदर्शनी गरेका थिए ।

विद्यालयमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका शिक्षा महाशाखाका माध्यमिक विद्यालय निरिक्षक ऋषिराम शर्माले शैक्षिक संगै खेलकुदमा समेत राम्रो गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने एपेक्सलाई धन्यवाद दिऐ । ऊनले प्रतिष्पर्धी समयमा विद्यार्थीले अध्ययन संगै अतिरिक्त क्रियाकलापमा समेत ध्यन दिनु पर्ने बताऐ। ऊनले भरतपुर महानगर भित्रका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुदै जानुमा यहाँ अध्यापन गर्ने प्राध्यापकको मेहनत भएको बताऐ ।

कार्यक्रममा विद्यालयका तर्फबाट प्राध्यापक रामेश्वर आचार्य, अभिभावक जुना श्रेष्ठ, सम्मानित विद्यार्थी ओसिन खानले मन्तव्य रखेकाथिऐ । विज्ञान संकायका संयोजक तुलसीराम न्यौपानले सञ्चालन गरेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष रामचन्द्र पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू