भरतपुरमा मेयर रेनु दाहालको दोश्रो कार्यकाल : विकास निर्माणमा काचुंली फेर्दै भरतपुर महानगर

एटुजेड समाचार

चितवन – अविकसित भरतपुरको क्रम भंग गर्दै विकास निर्माणको क्षेत्रमा भरतपुर महानगरले काचुंली फेरेको छ भन्दा अत्युक्ति नहोला ।

अहिले भरतपुर महानगर प्रमुखका रुपमा रेनु दाहाल छन् । यो उनको दोश्रो कार्यकाल हो । यति बेलासम्म आइपुग्दा भरतपुर महानगरमा धेरै महत्त्वपूर्ण र उल्लेखनीय योजनाहरु सम्पन्न भैसकेका छन् भने कतिपय योजनाहरु मध्य एवं अन्तिम चरणमा छन्

बिकासको मुख्य कडि नै सडक रहेको ठहर गर्दै सडक संजालको बिस्तार एवं स्तरोन्नतिलाइ जोड दिएर अगाडी बढेको भरतपुर महानगरभित्र हालसम्म ६५० कि.मी.सडक कालोपत्रे भैसकेको छ ।

महानगरिय रिंगरोड र लिंक रोड निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । स्वास्थ क्षेत्रमा हेर्ने हो भने भरतपुर अस्पतालमा महिला तथा बृद्दलाई बहिरंग सेवा निशुल्क उपलब्ध छ भने भरतपुरमा जन्मने छोरीहरुलाई २ लाख बराबरको निशुल्क जीवन बिमाको ब्यवस्था रहेको छ ।

भरतपुर अस्पताल एवं क्यान्सर अस्पतालको भौतिक पुर्वाधार एवं सेवा प्रवाहमा तिब्रता छाएको छ ।

खानेपानीको शहरको रुपमा बिकास भैरहेको भरतपुर महानगरका घरहरुमा ७ हजार ५ सय लिटर सम्म पानीको शुल्क तिर्नु नपर्ने ब्यवस्था रहेको छ ।

बाढिको उच्च जोखिम रहेको नारायणगढ देखी मेघौली गोलाघाट सम्मको नारायणी तटिय क्षेत्रमा ५ अर्बको लागतमा तटबन्धको कार्य भैरहेको छ ।

नारायणगढ स्थित नारायणी नदि किनार सामुन्द्रिक सि-विच मोडेलमा निर्माण भैसकेको अवस्था छ भने नारायणी नदीमा सिग्नेचर पुल निर्माणको प्रक्रियामा ठेक्का सम्झौता सम्पन्न भैसकेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको दुइहजार भन्दा बढी क्षमता भएको अन्तराष्ट्रिय मापदण्डको सिटिहल निर्माणाधिन अवस्थामा छ । ४ लेनको वाइपास सडक र पुर्व पश्चिम मुख्य राजमार्ग अन्तरगतको पुल्चोक गोन्द्राङ्ग ६ लेन सडक निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

भरतपुर महानगरको जिम्मेवारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुनः थालनी भएको छ ।
खेल क्षेत्रको बिकासका लागि मेयर कप फुटबल, मेयर कप कृकेट कार्यक्रमहरु सन्चालन भैरहेको छ ।

सामुदायिक विधालयहरुको स्तरोन्नति, आधुनिक ल्याब, सवारी साधनहरुको ब्यवस्थापन तथा मेयर संग छात्रा कार्यक्रम अंतरगत निशुल्क साइकल बितरण, न्यानो कपडा बितरण कार्यक्रम सन्चालन भैरहेको छ ।

कृषकहरुको हकहितका लागि विभिन्न किसिमका अनुदान एवं दुग्ध किसानका हकमा प्रती लिटर तीन रुपैयाँ अनुदान प्रदान गरिरहेको अवस्था छ ।

महानगरभित्रका मुल सडक एवं शहरी क्षेत्रमा विधुत प्रसारण लाईन भुमिगत कार्य, महानगर भित्रका सबै वडा कार्यलयहरुको भवन निर्माण एवं स्तरोन्नति हुनुका साथै १ अर्बको लागतमा भरतपुर महानगरको कार्यलय निर्माणको कार्य धमाधम अगाडी बढिरहेको छ ।

भरतपुर विमानस्थलको स्तरोन्नति, टर्मिनल भवन निर्माण एवं रनवे बिस्तार अघि बढ्दै गरेको अवस्था छ ।स्वास्थ्य सेवा प्रदायक सार्वजनिक संस्थाहरुको बिस्तार तथा विकेन्द्रीकरण कार्य भैरहेको छ ।स्मार्ट लाईट जडान गरि उज्यालो भरतपुर निर्माणको दिशामा अगाडी बढिसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू