मैयाँँदेवी स्मृति महिला क्रिकेटको उपाधिका लागि गण्डकी र बागमती भिड्ने

एटुजेड समाचार

चितवन – चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी र बागमती प्रदेश भिड्ने भएका छन् ।

(बुधबार) सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै गण्डकी र बागमती फाइनल प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा लुम्बिनीविरुद्ध ७ विकेटको जित हात पार्दै गण्डकीले फाईनलमा स्थान सुरक्षित गरेको हो । १५ ओभरमा घटाईएको खेलमा लुम्बिनीले दिएको ८३ रनको लक्ष्य गण्डकीले ५ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो ।

गण्डकीको जितमा ज्योत्सना मरासिनेले नटाआउट ३६ रन बनाईन् । ३६ बल खेलेकी ज्योत्सनाले ४ चौका र एक छक्का प्रहार गरिन् । सीमाना केसीले १९ रन बनाईन् । लुम्बिनीकी सुस्मिता भुसाल, सरु तिवारी र दीपा कुँँवरले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले नटआउट ४२ रन बनाए पनि हार टार्न सकिनन् । ४५ बल खेलेकी आश्माले ४ चौका प्रहार गरिन् । गणडकीकी कुसुम गोदारले २ तथा सीमाना केसीले एक विकेट लिए ।

आजै सम्पन्न दोस्रो रोमाञ्चक सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै बागमतीले गण्डकीसँँगको भेट पक्का गरेको छ । निकै रोमाञ्चक खेलमा बागमतीले सुदुरपश्चिमलाई १ रनले पाखा लगायो ।

बागमतीले दिएको ८४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले निर्धारित ओभरमा ८२ मात्र बनाउन सक्यो । सुदुरपश्चिमका लागि सारित्री धामीले ३४ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए पनि हार टार्न सकिनन् । कप्ताम स्नेहा महराले १५ रन जोडिन् । बागमतीकी कृश्मा गुरुङले ३ विकेट लिईन् ।

त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बागमती १९ ओभर ३ बलमा ८३ रनमा समेटिएको थियो । बागमतीकी कप्तान सोनी पाख्रिनले १५ तथा कृश्माले १३ रन बनाईन् । अन्य ब्याटरले दोहोरो अंंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमकी करिश्मा थापाले ३ तथा अनु कडायत, जानकी थापा र गंंगा खड्काले २-२ विकेट लिए । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि भिडन्त शुक्रबार हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू