काठमाडौं- मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् ।
मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए ।
मोसो दल्ने संगठनका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् ।