लुम्बिनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ , त्यहीअनुरुप व्यवहारमा देखिनु पर्दछ भन्नुभयो ।
‘सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ अभियानको सिलसिलामा जिल्ला अभियानमा रहनुभएकी नेता डा सङ्ग्रौलाले जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताउनुभयो
उहाँले पार्टीलाई बलियो बनाउनका लागि अभियान प्रभावकारी रहने जनाउँदै पार्टी नेतृत्व एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने उहाँले बताउनुभयो ।रासस