चितवनमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

एटुजेड समाचार

चितवन – चितवनमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्‍यु भएको छ । (शनिबार) बेलुका ७ : ३० बजेको समयमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार ४१ बर्षिय मधुसुदन खत्रीको मृत्‍यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ शिबघाटमा शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०३-००१ च ११९७ को नं.को बलेरोले बा.प्र.०३-००३प ८६२४ नं.को मोटरसाईकललाई ठक्कर दिदाँ सोही स्थानका मोटरसाईकल चालक खत्रीको मृत्‍यु भएको हो ।

उनको बायाँ खुट्टा र शरिरको भित्री भागमा चोट लागेको थियो । उनको उपचारको क्रममा शनिबार बेलुका ८ : ३० बजेको समयमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानाकारी दिए ।

मोटरसाईक पछाडी सवार उनको छोरी बर्ष १५ कि अपेक्षा खत्री घाईते भएकी छन् । उनको दुबै खुट्टामा चोट लागेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीको भनाई छ ।

दुबै सवारी साधनहरू र बलेरो चालक नियन्त्रणमा लिइ आवश्यक कानुनी कारवाही साथै अनुसन्धान कार्य भईरहेको भण्डारीले बताए  ।

फाईल तस्विर :

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू