सामुदायीक विद्यालयको शिक्षामा गुणस्तर बढाउन शिक्षक संघ भरतपुरले थाल्यो सुधार अभियान

एटुजेड समाचार

चितवन – नेपाल शिक्षक संघ भरतपुर महानगर समितिले शिक्षामा गुणस्तरको अभियान थालेको छ । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको लागी संघको महानगर समितिले बहस सुरु गरेको छ ।

सामुदायीक विद्यालयको समस्या र चुनौती पहिचानको लागी महानगरपालिकाका सरोकार पक्षसंग अन्तर््क्रिया गरेर सुझाव संकलन गरेको छ । संघमा आवद्ध शिक्षक , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष , काँग्रेसबाट निर्वाचित भरतपुर महानगरका वडाध्यक्ष , भरतपुर महानगरपालिका उपप्रमुख सहित काँग्रेसका जिल्ला नेतृत्वसंग सामुदायीक विद्यालयको गुणस्तर बृद्धि गर्न सामुहिकश छलफल गरिएको थियो । शिक्षक संघमा आवद्ध विद्यालयका प्राचार्य , काँग्रेसमा आस्थावान विद्यालयका अध्यक्ष र शिक्षकहरुले सामुदायीक विद्यालयमा अभिभाबकको विश्वास बढाउनमा ऐक्यवद्धता जनाएका छन् । उनीहरुले शिक्षामा गुणस्तर बढाउन लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

शिक्षकहरुले विद्यालयको विकास र शिक्षकको मनोबलमा हस्तक्षेपलाई समस्या देखाएका छन् । समुदायको विश्वास नभएको स्विकार गर्दै विद्यार्थीको आकर्षण बढाउन लाग्ने बताएका छन् । आदिकवि भानुभक्त माविका प्राचार्य डम्बर बहादुर शाहीले शिक्षामा कुनैपनि तरिकाबाट हस्तक्षेप नभए गुणस्तर बढ्ने बताए । चुनौती र समस्या भएपनि समन्वयबाट समाधान गर्न सकिने बताउँदै इच्छाशक्तिले मात्रै नतिजा आउने गरी काम गर्न कठिन नभएको बताए । ‘शिक्षामा हस्तक्षेप रोकिने हो भने भने अनुसारको नतिजा आउँछ , ’ उनले भने , ‘ समुदायको विश्वास फर्काउन अब पनि नलाग्ने हो भने पेशागत विश्वास नै धरापमा पर्छ ।

त्यसका लागी स्थानिय तहको समन्वय र सहयोगको खाँचो छ । ’चितवन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले नाम र दामको लागी नभई कामको लागी अग्रसर भए गुणस्तर बढ्ने बताए । उनले तलबको लागी मात्रै विद्यालय जाने परिपाटी र सोच त्यागेर काम गरे परिणाम देखिने बताए । उनले शिक्षकलाई केबल तलबको लागी मात्र जागिर नभनी विद्यार्थीको सिकाईको उपलब्धिसंग जोडिनपर्ने बताए । अधिकारीले शिक्षकको समयानुसार बृद्धिविकास र सुविदा बढाउन पन माग गरे । ‘ सामाजिक र विद्यार्थीप्रतिको दायित्व सम्झिए विद्यालय आफैं बन्छ , ’ अधिकारीले भने , ‘मेरो र तेरो मान्छे ल्याउने नाममा दरबन्दी राख्दा पनि विग्रेको छ । राम्रा र योग्य शिक्षक ल्याए विद्यालयको शैक्षिक अवस्था सुधारिन्छ । ’

नेपाल शिक्षक संघ भरतपुरका अध्यक्ष बटुकलाल तामाङले सामुदायीक विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षासंग सरोकार राख्ने पाँच पक्षसंग छलफल कार्यक्रम आयोजना गरेको बताए । उनले सहयोगसंगै गुणस्तरीय शिक्षा र संगठन विस्तार वारे बहस चलाएको बताए । ‘ सामुदायीक विद्यालयको अवस्था र हामीले नेतत्व गरेको भूमिकालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हौं, ’ उनले भने , ‘ महानगरका वडा , विद्यालयका अध्यक्ष , र प्रधानाध्यापकको अवस्था वारे जानकारी होस् भनेर पनि कार्यक्रम गरेका हौ ।’

कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी , नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष इन्दीरा मरहट्टठा , नेपाल शिक्षक महासंघका अध्यक्ष कोमलनाथ घिमिरेले शिक्षामा देखिएका चुनार्ती , समस्या र समाधानको पक्ष वारे सुझाव दिएका थिए । स्थानिय तहको तर्फबाट भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारील स्थानिय तहबाट समन्वय र सहयोगको लागी आफु संधै तयार रहेको बताउ । ‘ सामुदायिक विद्यालयमा अभिभाबकको विश्वास छैन , सबै सुविदा भएर पनि पछाडी परेको छ , ’ उनले भने , ‘ शिक्षाको गुणस्तरका लागी थप के गर्ने हो हो आउनुहोस्, संगै मिलेर अब देखिने गरी काम गरौं । ’ कार्यक्रममा काँग्रेसका जिल्ला तहका नेताहरुले सहयोग र समन्वयको लागी प्रतिबद्धता जनाएका थिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू