रुकुमपश्चिममा १८ हजार अस्थायी आवास निर्माण

एटुजेड समाचार

रुकुम – रुकुमपश्चिममा १८ हजार ८६६ अस्थायी आवास निर्माण गरिएका छन् । ६ हजार ९७६ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लाभर ७६ करोड ५९ लाख रुपैयाँ लाभग्राहीलाई भुक्तानी दिइएको छ । करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन् ।

चौरजहारी नगरपालिकामा तीन हजार ९१५, आठबिसकोट नगरपालिकामा पाँच हजार ७८५, मुसिकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ५७३ अस्थायी आवास निर्माण गरिएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकाका ६ हजार २५४, आठबिसकोट नगरपालिकाका नौ हजार ६६७, मुसिकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार ६२४, त्रिवेणी गाउँपालिकाका दुई हजार ७५२ र बाँफीकोट गाउँपालिकाका एक हजार ६९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकामा रु १५ करोड ६३ लाख ५० हजार, आठबिसकोट नगरपालिकामा रु २४ करोड १६ लाख ७५ हजार, मुसिकोट नगरपालिकामा रु दुई करोड ६० लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड छ लाख, त्रिवेणी गाउँपालिकामा रु ६ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका रु चार करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

जिल्लाभर २९ हजार ४०६ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ । रासस

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू