नारायणगढ – नारायणगढको लायन्सचोकस्थित रियल ड्रिम्स एजुकेसन एण्ड माइग्रेसनले यात्रा ग्रुप भरतपुरलाई खेल सामाग्री सहयोग गरेको छ ।
रियल ड्रिम्सले यात्रा ग्रुपलाई ४० हजार रुपैयांँ बराबरको ट्र्याक सुट र खेल सामाग्री सहयोग गरेको हो । उक्त खेल सामाग्री आज (शुक्रबार) रियल ड्रिम्सका ब्रान्च म्यानेजर रामबाबु अधिकारीले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्की र कोषाध्यक्ष संजोग गुरुङलाई हस्तान्तरण गरे ।
रियल ड्रिम्सका ब्रान्च म्यानेजर अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबलाई खेल सामाग्री सहयोग गरिएको बताउनुभयो । खेलको माध्यमबाट देशको शिर उच्च पार्ने खेलाडीहरुलाई प्रोत्साहनको निम्ती सहयोग गरिएको अधिकारीको भनाइ थियो । स्थानीय स्तरदेखि नै खेलाडीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेकोमा अधिकारीले जोड दिनुभयो ।
क्लबका अध्यक्ष कृष्ण कार्कीले खेल राष्ट्रलाई अन्र्तराष्ट्रियस्तरमा चिनाउने माध्यम भएकाले यस क्षेत्रको विकासका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यस किसिमको सहयोगले खेलाडीहरुलाई हौसला मिल्ने कार्कीको भनाइ थियो । सन् २००२ मा स्थापित रियल ड्रिम्सले २०२२ देखि चितवनको नारायणगढस्थित लायन्सचोकबाट सेवा दिँदै आएको छ । रियल ड्रिम्सले बिशेष गरी युकेसँगै अष्ट्रेलिया र डेनमार्क जान चाहनेहरुलाई परामर्श दिदै आएको छ ।