यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै

एटुजेड समाचार

काठमाडौ‌ – आइसीसी यू-१९ विश्वकप क्रीकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।

यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अर्को चरण पुग्न पाकिस्तानलाई हराउनै पर्ने दबाब छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू