चितवनमा ४२ जना फरार प्रतिवादीहरु पक्राउ

एटुजेड समाचार

काठमाडौं – चितवन प्रहरीले सोमबार र मंगलवार गरेर दुई दिनमै ४२ जना जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय चितवनबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत दुई दिन मै ४२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले बताए  ।

एसपी रामेश्वर कार्कीले चितवन जिल्ला अदालले विभिन्न मुद्दामा र फरक फरक मितिमा फैसला गरेर फरार रहका व्यक्तिहरु पक्राउ परेका जानकारी दिए । उनीहरुलाई जिल्ला अदालतमा पेश गरिएको पनि उनले बताए । ४२ जनाले कुफ ३० वर्ष २५ दिन कैद सजाय र ५ लाख २२ हजार रुपियाँ जरिवाना तिर्न बाँकी रहेको जनाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू