इण्डियन आइडलकाे टप टेनमा प्रवेश गरिन् मेनुका

एटुजेड समाचार

काठमाडौँ –  गायिका मेनुका पौडेल इण्डियन आइडलको १४ औँ सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् ।आइतबार बेलुका प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० पुगेकी हुन् । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबार एपिसोडमा भएको थियो ।

एपिसोडमा बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएकी छन् । यो एपिसोडमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फाइटर’को प्रमोसनका लागि अभिनेता ऋतिक रोशन समेत पुगेका थिए । जसअनुसार ऋतिक अभिनीत फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरेका थिए ।

मेनुका सुरुको समय देखिनै प्रतियोगितामा जर्ज तथा अतिथिको मन जित्दै अगाडि बढिरहेकी छन् । मेनुकालाई यो सिजनको उपाधि दाबेदार समेत मानिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू