चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न, ४ सय बढी विद्यार्थीले लिए परामर्श

एटुजेड समाचार

चितवन – शैक्षिक परामर्श संस्था ग्लोबल रिच चितवनको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न भएको छ । उक्त एजुकेशन फेयर ग्लोबल रिचको नयाँ कार्यालय भाटभटेनी नजिकै रहेको रोटरी भवनमा (शनिबार) सम्पन्न भएको हो ।

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आयोजना भएको एजुकेशन फेयरमा ४५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अष्ट्रेलिया जाने सोच बनाएका विद्यार्थी एवम् आफ्ना छोराछोरीलाई अष्ट्रेलिया पठाउन चाहेका अभिभावकले फेयरमा सहभागी भएर अष्ट्रेलियाकै युनिभरसिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सुझाव तथा जानकारी लिएका थिए ।

हरेक बर्ष जस्तै यसपटक पनि सबै विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँग सिधा परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी जानकारी दिए ।

पौडेलका अनुसार मेलामा अष्ट्रेलियाका ११ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई नयाँ शिक्षा नीति, बिषय छनौट, छात्रवृत्ति, रोजगारी, आवश्यक कागजी प्रक्रिया, शुल्कलगायतका बिषयमा परामर्श दिएका थिए ।

‘प्लस टु पास गरेका वा पढ्दै गरेका, व्याचलर र मास्टर्स पास गरेका अर्थात् पिएचडीसम्म गर्न चाहेका विद्यार्थीहरुका लागि यो फेयर निकै फलदायी भएको उनले बताए ।

उक्त फेयरमा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरुसंगै अभिभावहरुको पनि सहभागी रहेको थियो । बिहान १० बजेदेखि आयोजन भएको मेला अपरान्ह ३ बजेसम्म सञ्चालन भएको थियो ।

सन् २००७ देखि काठमाडौँमा शैक्षिक परामर्श सेवा सुरु गरेको ग्लोबल रिचले चितवनमा सन् २०१३ देखि सेवा सुरु गरेको हो ।

ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा,चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू