तनहुँ – तनहुँमा राजा महेन्द्र शाहको शालिक पुनर्निर्माण गरिएको छ । २०६२/६३ को आन्दोलनमा भत्काइएको राजा महेन्द्रको शालिक तनहुँको दमौलीस्थित प्रशासनचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका कार्यकर्ताले राखेका छन् ।
उक्त ठाउँमा आन्दोलनमा राजा महेन्द्रको शालिक टाउको बिना रहँदै आएको थियो । उनीहरु यसअघि गत पुस २७ गते टाउको राख्ने तयारी गरेका थिए । तर, बिहानैदेखि प्रहरीले अवरोध गरेको थियो ।