राप्तीमा घाँस काट्ने क्रममा रूखबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

एटुजेड समाचार

चितवन – राप्तीमा घाँस काट्ने क्रममा एक किशोरीको रूखबाट लडेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ सुर्खण्डीस्थित घरनजिकै रहेको चिउरीको रूखमा घाँस काट्ने क्रममा लडेर सोही स्थानका १७ वर्षीया अञ्जली प्रजाको मृत्यु भएको हो ।

किशोरीको मृत्यु भएको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले मृतकको शवको पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।

A

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु