प्रेस सेन्टर नेपाल चितवनका उपाध्यक्ष आचार्य सहित ६ पत्रकार सम्मानित

एटुजेड समाचार

चितवन – चितवनमा लामो समय क्रियाशील भई काम गरेका प्रेस सेन्टर नेपाल चितवन का उपाध्यक्ष पत्रकार राजेन्द्र आचार्यसहित ६ जना विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहाले आफ्नो सत्रौँ बार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा पारेर युवा पत्रकार आचार्य सहित ६ जनालाई सम्मान गरेको हो ।

पत्रकारितलाई कर्मभूमि बनाई समग्र सौराहाको पर्या पर्यटन प्रर्बद्धन र विकासको लागि पत्रकारिता मार्फत आफ्नो पेशागत जिम्मेवारीलाई कूशलता पूर्व निर्वाहको अतुलनिय योगदानको कदर गर्दै प्रेस सेन्टर नेपाल चितवन का उपाध्यक्ष पत्रकार आचार्यलाई सम्मान गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिऐ।

विगत १७ बर्ष बढी समयदेखि निरन्तर रुपमा पत्रकारितामा सक्रिय आचार्य नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष, प्रेस सेन्टर नेपाल चितवन का उपाध्यक्ष राष्ट्रिय फोटो पत्रकार संघ चितवनका अध्यक्ष , पूर्वी चितवन पत्रकार मञ्चका उपाध्यक्ष पत्रकारितामा सक्रिय छन् ।

चितवनमा स्थानिय सौराहा अनलाईन डिजिटल पत्रिका र नमस्ते बिहानी साप्ताहिक पत्रिकाको प्रधान सम्पादक समेत रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू