सन्दीप लामिछानेलाई ८ वर्ष कैद

एटुजेड समाचार

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेका हुन् । यसअघि सन्दीप बलात्कार आरोपमा दोषी ठहर भएका थिए ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू