काठमाडौं, पुस २५- तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले हत्कडीसहित सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हिजो पक्राउ परेका
उनलाई हत्कडीसहित सार्वजनिक गरेको हो ।
त्यस्तै उनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ ।
यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।