शहीदहरुको संख्या थप्ने सरकारको निर्णय

एटुजेड समाचार

काठमाडौं –  सरकारले शहीदहरुको संख्या थप्ने तयारी गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले थप शहीद घोषणा गर्ने निर्णय गरेको छ । सरकारले राजपत्रमा प्रकाशित शहीदहरूको विवरण सच्याउने निर्णय समेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘सरकारले मन्त्रिपरिषदबाट विभिन्न मितिमा शहीद घोषणा गरेका तर विवरण फरक परेका शहीदहरूको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुटेका शहीदहरूको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।

सरकारले अघिल्लो वर्ष १२ हजार बढी शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो । नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र संघर्ष र क्रान्तिका क्रममा शहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सम्मानस्वरुप सरकारले १२ हजार बढी शहीदहरूको नामावली प्रकाशित गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू