चितवन – उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे । श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गरे ।
संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै हावी भएको छ । श्रेष्ठ प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । शिरीष पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघकाे नयाँ कार्यकालकाे लागि सुमनकुमार श्रेष्ठकाे नेतृत्वमा २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएकाे हाे ।