चितवन – उद्योग बाणिज्यसंघ चितवनको वरिष्ठ उपाध्यक्षमा चिरन्जिवि सुवेदी विजयी भएका छन् । आफ्ना प्रतिष्पर्धी राजन पियालाई १ सय ११ मतले पछि पार्दै सुवेदीले वरिष्ठ उपाध्यक्ष पद जितेका हुन् ।
सुवदीले १२२२ मत प्राप्त गर्दा पियाले ११११ मत ल्याएका थिए । वरिष्ठ उपाध्यक्षमा विजयी भएसँगै सुवेदीले आफुलाई विजयी गराउन मत दिने सबैलाई धन्यवाद दिएका छन् ।