नारायणगढ – उद्योग वाणिज्य संघ चितवनमा अध्यक्ष पदका उम्मेदवार सुमनकुमार श्रेष्ठले व्यवसायीले वर्षौँदेखि भोग्दै आएको समस्या समाधान गर्नको लागि संघको नेतृत्व लिने चाहनाअनुसार उम्मेदवारी दिएको बताएका छन् । बजारमा व्यवसायीहरुबाट अनुभवी तथा योग्य नेतृत्वको खोजी भएको हुँदा त्यसमा आफूलाई प्रमाणित गराउन पनि आफू नेतृत्वमा आउन चाहेको उनले बताएका हुन् ।
इमान्दारिता र निरन्तरको मिहिनेतले खारिएका व्यक्तिको छवि बनाएका श्रेष्ठ हालका वरिष्ठ उपाध्यक्ष हुन् । व्यवसायिक हकहितमा विगत १८ वर्षदेखि तल्लीन रहेका श्रेष्ठ नेतृत्व सम्हाल्नको लागि निकै खारिएका व्यक्ति हुन् । पद्धति र पारदर्शितासहितको उद्योग वाणिज्य संघ बनाउने लक्ष्यसहित स्पष्ट योजना लिएर आएका श्रेष्ठले संघमा सबैखाले व्यवसायीको अवनत्व हुने गरी काम गर्ने लक्ष्य लिएका छन् ।
संघमा आवद्ध व्यवसायीहरुमा शान्त, शालिन र इमान्दार व्यवसायीको परिचय बोकेका श्रेष्ठले सदस्यहरुले आफूलाई नेतृत्वमा बसेर काम गरेको हेर्ने इच्छा भएअनुसार अध्यक्ष पदको लागि चुनावी मैदानमा होमिएको बताए । उनले योग्यता, क्षमता र कार्यदक्षताका आधारमा एक पटक उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा आफूलाई जिताइदिन पनि मतदातासमक्ष अनुरोध गरेका छन् ।
श्रेष्ठ उद्योग वाणिज्य संघ चितवनको ५७औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष बन्ने योग्य उम्मेदवार हुन्। उनको समूहमा वरिष्ठ उपाध्यक्षतर्फ चिरञ्जीवि सुवेदी, उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी छन्। तृतीय उपाध्यक्ष पदका उम्मेदवार अधिकारी भने सर्वसम्मत भइसकेका छन्। औपचारिक घोषणा हुन बाँकी छ।
उपाध्यक्ष पदका उम्मेदवार थिरप्रसाद धितालले आफू चुनावमा नजाने र अशोक अधिकारीलाई नै समर्थन गर्ने भनेर कागज नै गरिसकेका छन्।