राष्ट्रियसभामा चार सिट नपाए शेखर समूहले उमेदवारी नै नदिने !

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभामा पार्टीबाट चार सिट नपाए उमेदवारी नदिने निर्णय गरेको छ ।

समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।

सोही अडान केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राख्ने निर्णय भएको छलफलमा सहभागी नेता बलबहादुर केसीले जानकारी दिए ।

“१० सिट नदिए पार्टी मिलाउन सक्दिनँ भनेर गठबन्धनमा सहमति गर्ने र सिट लिने । अनि हामीले मागेको चार सिट दिन्न भन्न मिल्दैन,” उनले भने, “सोही कुरा कार्यसम्पादन बैठकमा राख्छौँ । चार सिट नपाए हामी उमेदवारी दिने प्रक्रिया अघि बढाउदैनौँ ।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू