माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने , यी हुन् उम्मेदवार

एटुजेड समाचार

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा पठाउने उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

गठबन्धनमा माओवादीलाई परेको भागअनुसार दुई अपाङ्गता भएका व्यक्ति र तीन महिला पठाउने निर्णय भएको हो ।

माओवादी महासचिव देव गुरुङका अनुसार कोशीबाट अपाङ्ग तथा महिलामा चम्पादेवी कार्की, बागमतीबाट अपाङ्गमा बागमतीबाट श्रीकृष्ण अधिकारी, कर्णालीबाट विष्णु विश्वकर्मा, सुदूरपश्चिमबाट रेणु चन्दको नाम बन्दसूचीमा परेको छ ।

उनीहरूलाई उम्मेदवार बनाउने सम्भावना बढी भएको गुरुङले बताए । उनका अनुसार गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदीको नाममा छलफल हुँदै छ ।

गुरुङले भने, ‘यी नामहरू हामी अध्ययन गरिरहेका छौँ ।’ १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले  भने, ‘राजनीतिमा कुनै हावाहुरी नआए यी नामहरु फाइनल हुन् ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू