चितवन – नेपाल महिला संघ चितवनकाे आयाेजनामा काठमाडाैकाे बालकुमारी र सर्लाहीमा भएकाे गाेलि काण्डकाे बिराेधमा एक घण्टा चक्काजाम गर्न लागिएकाे छ । महिला संघ चितवनले आज पत्रकार सम्मेलनकाे आयाेजना गरि आन्दाेलनकाे कार्यक्रमकाे घाेषणा गरिएकाे हाे ।
राेजगारिकाे शिलिलामा बिदेश जान लागेका युवाहरुलाई गाेलि चलायर हत्या गर्नु राज्यकाे पराकाष्ठ भएकाे भन्दै यसकाे बिराेधमा कार्यक्रम गर्न लागिएकाे सबंघकाे अध्यक्ष पार्वती शाह ठकुरीले वताउनुभयाे ।
देशमा राेजगारिकाे सृजना गर्नुपर्ने समयमा बैदेशिक राेजगारिमा जान खाेज्दा समेत हत्या गरिनु दुखत रहेकाे उहाँले बताउनुभयाे । चक्काजामकाे समयमा अत्यावश्यक बाहेक अन्य सवारि साधन पूण रुपमा बन्द रहने उहाँले पत्रकमर सममेलनमा जानकारी दिनुभयाे । वाँच्न पाउने अधिकार संरक्षणका लागि दबाब मुलक कार्यक्रम आयाेजना गरिएकाे हाे । यश कार्यक्रममा नेपाल तरुणदल, नेविसंघ, किसान संघ लगाएतकाे सहभागिता रहने छ ।
जनताका आवाजलाई राज्यले दवाउन खाेजेकाे नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुव पाेख्रेलले बताउनुभयाे । जनताकाे पीडा र दुख,शुखमा साथ कांग्रेस रहने उहाँले बताउनुभयाे ।