राष्ट्रिय क्रिकेटर ज्योति पाण्डेले लिइन् सन्न्यास

एटुजेड समाचार

काठमाडौं –  नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी ज्योति पाण्डेले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् ।

बुधबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि ज्योतिले क्रिकेटबाटै सन्न्यासको घोषणा गरेकी हुन् । प्रतियोगिताको फाइनलमा एपीएफले कोसी प्रदेशसलाई ११ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले उपाधि जित्दा ज्योति टिमकी महत्वपूर्ण सदस्य बनेकी थिइन् ।

एपीएफबाट घरेलु प्रतियोगिता खेल्ने ज्योतिले सन् २०२१ मा कतारविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेकी थिइन् । अन्तर्राष्ट्रिय ‘डेब्यु’ २०२१ मा गरे पनि तर, उनले सन् २०१७ देखि नै राष्ट्रिय टिमबाट खेल्दै आएकी थिइन् ।

उनले पछिल्लो पटक सन् २०२३ को जुनमा मलेसियाविरुद्ध नेपाली टिमबाट खेलेकी थिइन् ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू