उद्योग बाणिज्यसंघ चितवनको अधिवेशनका लागि अन्तिम नामावली सार्वजनिक

एटुजेड समाचार

चितवन – उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारणसभा तथा अधिवेशन अन्र्तगत आज उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले आज उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

सार्वजनिक गरिएको अन्तिम नामावली अनुसार बस्तुगत तर्फका चार जना र क्षेत्रीय संघ तर्फका एकजना सदस्य निर्विरोध भएका छन् । आवश्यक संख्या भन्दा बढी उमेदवारी नपरेपछि पाँचजना निर्विरोध निर्वाचित भएका हुन् ।

बस्तुगत तर्फ सदस्यहरु दिपक काफ्ले, नरेश खनाल, बिष्णु लम्साल र शंकर प्रसाद घिमिरेको मात्रै नामावली परेपछि उनिहरु निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी क्षेत्रीय संघतर्फ कार्यसमिति सदस्यमा मणीरत्न शाक्य निर्विरोध भएका छन् । ]

२३ गते हुने अधिवेशनमा अव अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (उद्योग, बाणिज्य,कर्पोरेट/बस्तुगत) र सदस्यहरुका लागि मतदान हुने भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू