हानेदा एयरपोर्टमा उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

एटुजेड समाचार

टोकियो – जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगो लागेको छ ।

होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमानमा आगो लागेको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो ।

धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त विमानमा आगलागी भएको समाचार स्रोतहरूलाई उद्दृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ ।

जापान एअर लाइन्सको विमान आगलागीबाट ध्वस्त भएता पनि कुनै मानविय क्षति नभएको समाचारमा उल्लेख गरिएको छ । जापान कोस्ट गार्डको बिमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टीबीएस टेलिभिजनले जनाएको छ ।

सरकारी अधिकारीहरूका अनुसार बाँकी ५ जनासँग सम्पर्क हुन सकेको छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू