चितवन – भरतपुरका रुग्ण आयोजनाले गति लिन थालेका छन् । ।बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सघन सहरी आयोजना नेतृत्वको टोलीले पार्वतीपुरदेखि महेन्द्रचोकसम्मको सडकको अनुगमन गरेको छ ।
रुग्ण आयोजनाको रुपमा रहेको यो सडक अहिले निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ ।आर्थिक वर्ष ०७४/०७५ ले रमन शिव शक्त्ति जेभिले ठेक्का पाएको सडक गत असोजबाट यस क्षेत्रको सडक निर्माण सुरु भएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजनाका चितवन प्रमुख झपट बहादुर थापाले सुन्दवस्तीचोकदेखि वरको बोटसम्म कालोपत्रेको कार्य भईसकेको जानकारी दिनुभयो । अब बरको बोटदेखि दाहाल/ रिमाल चोकसम्म फागुन अन्तिमसम्म कालोपत्रेको कार्य सकिने प्रमुख थापाले बताउनुभयो ।
यो सडक प्रचण्ड मार्गको मध्य मागमा पर्ने र लामो समयदेखि रुग्ण बनेकाले स्थानीयले सास्ती व्यहोरेका थिए ।
महानगर प्रमुख दाहालको लामो समयदेखिको पहल कदमीले यो रुग्ण आयोजनाले सार्थकता पाएको हो । यो बाँकी २ दशमलव ५ किलोमिटर निर्माण सम्पन्न भएसँगै तेलौलीसम्मको प्रचण्ड मार्ग पुरा हुनेछ ।
यस्तै माडी ठोरी हुलाकी सडक अन्तर्गत हाकिमचोकदेखि सीताराम चोकसम्मको सडकले पनि गति लिएको छ । महानगर प्रमुख दाहालको पहलपछि अहिले गति लिएको छ । यी सडकको निर्माण कार्य धमाधम बढ्न थालेपछि यहाँको प्राय मुख्य बाटोहरु कालोपत्रे भईसक्ने छन् ।