गृहमन्त्री आफैं पुगेर छुटाए जनमत पार्टीका नेता-कार्यकर्ता

एटुजेड समाचार

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेता, कार्यकर्तालाई छुटाएका छन् ।

उक्त पार्टीले आज आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ता गिरफ्तार भएका थिए ।

अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खानलगायत ५२ नेता कार्यकर्तालाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाएका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू